आईक्यानको पाठ्यक्रम पनि आइसीएईडब्लुकै जस्तो बनाउने आईक्यानको तयारी

आईक्यानको पाठ्यक्रम पनि छिट्टैनै आईसीएईडब्लुकै जस्तो बनाउने आईक्यानले तयारी गरिरहेको बुझिएको छ । आईक्यानले गत साता गरेको पत्रकार सम्मेलनमा आईक्यान अध्यक्ष नरेन्द्र भट्टराईले यस्तो बताउनु भएको हो । आईक्यानलाई  अझै अन्तराष्ट्रियकरण गर्नका लागि अव आईक्यानको कोर्ष पनि आइसीएईडब्लुकै सरह बनाउने बताउनु भएको हो । आइसीएईडब्लुसंग सहकार्य गर्दै आईक्यानको पाठ्यक्रम पनि आइसीएईडब्लुकै पढाइने बताएका छन् । 'ल' र 'ट्याक्स' बाहेक सबै बिषय आइसीएईडब्लु सरहकै कोर्ष  पढाउँछौं, उनले भने । हाल आईक्यानका प्राय पाठ्यक्रमहरु आइसीएआईको 'कपि-पेस्ट' छ ।