सिए सरोकारको राहत संकलन जारी, यसोदा रिजालद्वारा २ बोरा चिउरा सहयोग

महाँभूकम्पका कारण भएको क्षतिले घरबारबिहिन भएका सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न सिए सरोकार सहितको टोलीले  सुरु गरेको राहत संकलन कार्यक्रममा यसोदा रिजालले  सहायोग गरेकी  छिन् ।  रिजालले २ बोरा चिउरा  सहयोग गरेकी हुन् ।  सिए सरोकार सहितको टोलि शनिबार सबेरै सिन्धुपाल्चोक पुग्दैछ।  सिए रमेश धिताल लगायतको संयोजनमा सिए सरोकार सहितको टोलीले राहत सामाग्री संकलन गरिरहेको छ।  यदि तपाइँ पनि भूकम्प पिडितलाई सहयोग गर्न चाहानुहुन्छ भने 9851017914  सुरज प्याकुरेल  वा 9851127739 (रमेश धिताल ) लाई सम्पर्क गर्नुहोला।