नेपाली सिए बिद्यार्थीले छतबाट हाम फालेर निधन

नयाँ दिल्ली, कार्तिक ८ - भारत को दिल्ली, लक्ष्मीनगरमा रही आइ.सि.ए.आइ अन्तर्गत को सिए अध्ययन गरिरहेका उदयपुर, गाइघाटका सविन (सविन्द्र) राईले लक्ष्मीनगर सकरपुरस्थित आफू डेरा बस्ने घरको छतबाट हाम फालेका छन् । नेपाल मा सिएको पहिलो तह सि.पि.टि सकेर आइ.पि. सि.सिका लागि भारत गएका सबिन्द्र राइले शुक्रबार बिहान घरको छतबाट हाम फालेका हुन । आफ्ना दुबै हातका नसा काटिएको अवस्थामा शुक्रबार बिहान ३ बजे छतबाट हाम फालेको अवस्थामा भेटिएको लक्ष्मीनगरस्थित नेपाली बिद्यार्थीले जनाएका छन् । सविन (सविन्द्र) राई डेढ बर्षअघि पढाइका लागि लक्ष्मीनगर आएका थिए ।  राईको घटनाबारे सकरपुर प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान क्रममा राई बस्ने घरमा रहेका अन्य १२ जना नेपाली बिद्यार्थीलाई हिरासतमा लिइएको छ । घटनाको जानकारी पाएर दिल्लीस्थित नेपाली दुतावासका अधिकारी प्रहरी सम्पर्कमा गैसकेको भएपनि थप जानकारी आएको छैन ।  घटनाको ब्रिस्तित जानकारी आउन बाँकी रहेको अनुसन्धानमा रहेका भारतीय प्रहरिले बताएका छन

 २०१३ नोवेम्बर महिना मा आइ.सि.ए.आइ ले सन्चालन गर्न लागेको IPCC को परिक्षाको तयारी गरिरहेका सबिन्द्रका परिवारलाई भने आफ्नो छोराको निधनबारे अहिले सम्म पनि खबर हुन नसकेको सिए सरोकारका दिल्ली सम्बददाता ॠषि राम अधिकारि ले बताएका छन। भारतीय दुताबाश बाट पनि प्रतिनिधिहरु उक्त घटनाका बारेमा बुझ्न गएको बताइएको छ । उनका १२ जना शहपाठीलाई हिरासतमा लीइ अनुसन्धान भईरहेको जानकारी प्रहरीले दिएको छ । 

पछील्लो समय भारतमा बिभिन्न कारणले बिधार्थिको निधन भईरहेको घटनाले नेपालमा रहेका अभिभावकहरु भने चिन्तामा परेका छन । यो पछील्लो एक हप्तामा आएको दोश्रो नेपाली सिए बिधार्थीको निधन को खबर हो । भारतमा बस्ने बिधार्थीहरु पनि एस्ता घटना बारम्बार हुनु लाई दु:खद भन्छन । सामाजिक सन्जालहरुमा सिए बिधार्थिहरुको मिश्रित प्रतिकृया आएको छ । केहीले एस्तो घटना बारम्बार दोहोरिनु सम्योग मात्र भएको बताइरहेका छन भने केहीले यसलाई सम्योग मात्र नभएको बताउछन । बिधार्थीको मनोबल घट्नु वा अबिभावकको शही मार्गनिर्देशन् नहुनुले एस्तो भएको हुन सक्ने केहीको प्रतिकृया छ । यता भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली बिधार्थी हरुको समुह "हातेमालो नेपाली बिधार्थी समुह"ले पनि घटना दु:खद भएको भन्दै दु:ख ब्यक्त गरेको छ ।

समाचार सौजन्य:
 ॠषि राम अधिकारि 
(सिए सरोकार का दिल्ली सम्बददाता )

अन्य समाचारहरु:  
>>> भारतमा अर्का एक सिए बिधार्थीको निधन 

>>> भारतमा एक नेपाली सिए बिधार्थी को निधन

नयाँ दिल्ली, कार्तिक ८ - उदयपुर, गाइघाटबाट चार्ट एकाउन्टेन्ट पढ्न आएका सविन (सविन्द्र) राईले लक्ष्मीनगर सकरपुरस्थित आफू डेरा बस्ने घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।
आफ्ना दुबै हातका नसा काटिएको अवस्थामा शुक्रबार बिहान ३ बजे छतबाट हाम फालेको अवस्थामा भेटिएको लक्ष्मीनगरस्थित नेपाली बिद्यार्थीले जनाएका छन् । डेढ बर्षअघि पढाइका लागि लक्ष्मीनगर आएका राईको घटनाबारे सदरपुर प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान क्रममा राई बस्ने घरमा रहेका अन्य १२ जना नेपाली बिद्यार्थीलाई हिरासतमा लिइएको छ । घटनाको जानकारी पाएर दिल्लीस्थित नेपाली दुतावासका अधिकारी प्रहरी सम्पर्कमा गैसकेको भएपनि थप जानकारी आएको छैन । लक्ष्मीनगर क्षेत्रमा मात्रै चार्टड एकाउन्टेट बिषय पढ्ने झण्डै १५ हजार नेपाली बिद्यार्थी बसोबास गर्छन् ।
- See more at: http://www.ekantipur.com/np/2070/7/8/full-story/378041.html#sthash.b10Pc2pt.dpuf
नयाँ दिल्ली, कार्तिक ८ - उदयपुर, गाइघाटबाट चार्ट एकाउन्टेन्ट पढ्न आएका सविन (सविन्द्र) राईले लक्ष्मीनगर सकरपुरस्थित आफू डेरा बस्ने घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् । - See more at: http://www.ekantipur.com/np/2070/7/8/full-story/378041.html#sthash.b10Pc2pt.dpuf