आईक्यानले अर्थमन्त्रीलाई बुझायो कर तथा वित्त नीति सुधारका लागि प्रतिवेदन



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणका सन्दर्भमा सरकारको कर तथा बित्त नीति सुधारको लागी प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पेस गरेको छ। यो प्रतिवेदन परिषद्‌बाट गठित राजस्व तथा कर नीति अध्ययन कार्यदलद्वारा तयार गरिएको हो।

जसको संयोजकको रुपमा उपाध्यक्ष सिए। निलबहादुर सारु मगर रहेका थिए। साथै, कार्यदलका अन्य सदस्यहरूमा सिए उमेशराज पाण्डेया, सिए डा. सुनील देवकोटा, सिए हेम काफ्ले र राले झलकमणि लम्साल रहेका थिए। आमन्त्रित सदस्यको रूपमा सिए. शैलेन्द्र उप्रेती र सिए. शेषमणि दाहालबाट महत्वपूर्ण योगदान प्राप्त भएको थियो।

प्रतिवेदन हस्तान्तरण समारोहमा अध्यक्ष सिए. प्रबिनकुमार झा, कार्यदलका सदस्यहरू, कार्यकारी निर्देशक सिए. सुरेन्द्र भूषण श्रेष्ठ तथा संस्थाका वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो।