आइक्यानसँग यस्तो छ क्याप वान टपरहरुको गुनासो
आइक्यानले गत १४ अगष्टमा प्रकाशित गरेको गरेको नतिजामा उत्कृष्ट भएकी प्रियंका गुप्ताको छ महिने आइक्यान अनुभव खासै सन्तोषजनक भएन। पोष्टल बुझाउँदा देखि अन्य केहि कुरामा आइक्यानमा दु:ख पाएको अनुभव छ उनीसँग । ' एउटा कम्प्युटर छ, कसले चलाउने ?' आइक्यानको पुस्तकालयलाइ संकेत गर्दै उनले भनिन्। आइक्यानमा केहि समस्या पाउनु भयो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् ,' समस्या त धेरै छन्। कसैलाई भन्ने ? कसले सुन्छ र ?
बिकट दार्चुलाबाट आएका कैलाश जोशीको गुनासो उस्तै छ। आइक्यानमा समन्वय गर्नेहरु नहुँदा बुझाउन लागेको पोष्टल चार पटक सम्म फिर्ता ल्याएको तीतो अनुभव छ उनीसंग। ' पहिला पहिला केहि थाहा थिएन। आइक्यानमा यसो गर भनेर सिकाउने कोहि थिएन। '
यता क्याप वान नतिजामा उत्कृष्ट १० मध्येकी एक निशा कार्कीको अनुभव पनि उस्तै छ। आइक्यानमा रहेकी ' रिसेप्सन' लाइ केहि सोध्दा पनि प्रतिक्रिया नआउने उनको अनुभव छ। उनी भन्छिन् , ' आइक्यानमा बस्नुभएकाहरु आफैं के गर्नु पर्छ भन्नेमा 'कन्फ्युज्ड' छन्।
हामीले प्राइम सिएले विद्यार्थी सम्मान कार्यक्रममा उनीहरुलाई आफ्नो आइक्यान अनुभवबारे सोधेका थियौं। अधिकांसको अनुभव आइक्यानसंग तितो भेटियो।
प्रतिकृया दिनुहोस्