प्रकाश लम्शाल, प्रकाश थापा,भरत रिजाल र सुरेश देवकोटा विजयी


आईक्यानको निर्वाचनमा प्रकाश लम्शाल र प्रकाश थापा पहिलो चरणमा बिजयी भएका छन् भने भरत रिजाल र सुरेश देवकोटा दोश्रो चरणमा बिजयी भएका छन्। प्रकाश लम्शाल ले सबै भन्दा बढी१०४ मत ल्याएका छन् भने प्रकाश थापाले कुल ८९ मत ल्याएका हुन्। यता भरत रिजाल ले ६५ र सुरेश देवकोटाले ५४  ल्याई बिजयी भएका हुन्।   अरुको मत गन्ने क्रम जारी छ।

कुल मतहरुको तथ्यांक यस्तो छ :
प्रकाश लम्शाल :१०४
भास्कर लाला :४८
भरत रिजाल ६५
सुनील जाकिबन्जा ५३
प्रकाश जंग थापा :८९
भव नाथ दाहाल :४८
महेश गोदार :२६
प्रमोद स्वोर्णकार:२५ 
राम प्रोब्ध शाह :४०
पियुष आनन्द :१८
सुरेश देवकोटा ५४
जगन्नाथ उपाध्याय ३३
नील सारु ३८
महेश खनाल २६
रबिन श्रेष्ठ ३४
अनल भट्टराई :४
बालचन्द्र श्रेष्ठ :९
कृष्ण भट्टराई :२४

आईक्यानले आज १०  सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो।  सम्पन्न निर्वाचनमा १८ सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो।  बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।