सीएआईमा अध्ययन गरेर सीएको आईक्यानको क्याप–वान परीक्षा दिएकी निरु श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल
सीएआईमा अध्ययन गरेर सीएको आईक्यानको क्याप–वान परीक्षा दिएकी निरु
श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उनी उक्त परीक्षामा ८७
प्रतिशत अङ्क ल्याउँदै आईक्यानबाट परीक्षा दिएकामध्ये उत्कृष्ट भएकी हुन् ।
यो आईक्यानका विद्यार्थीको नतीजामध्ये हालसम्मकै उत्कृष्ट भएको सीएआईका
प्रमुख बालचन्द्र प्रवाहले बताए । त्यस्तै, सीएआईका पाँचजना विद्यार्थी
उत्कृष्ट दशमा पर्न सफल भएको उनले जानकारी दिए ।उत्कृष्ट भएकी विद्यार्थी निरुलाई आईसीएले पुरस्कारस्वरूप रू. १ लाख
प्रदान गरेको छ । सीए अध्ययन गर्न चाहने विद्यार्थीलाई ‘फोर विङ
पोलिसी’अन्तर्गत विभिन्न छूट तथा पुरस्कारको व्यवस्था गरिएको हो । सफल तथा
असफल दुवै किसिमका विद्यार्थीलाई समेट्ने उद्देश्यले यस्तो नीति लिएको
प्रमुख प्रवाहले बताए । नीतिअनुसार क्याप– वानको भर्नाका क्रममा कुनै छूट
नलिएका विद्यार्थी परीक्षामा असफल भएमा ५० प्रतिशत छूट प्राप्त गर्नेछन् ।
त्यस्तै, पास हुने विद्यार्थीलाई १ अङ्कबराबर रू. ५० छूट दिने, परीक्षामा
‘मेरिड र्याङ्क’मा आउने विद्यार्थीले ट्युशन शुल्कमा ५० प्रतिशत छूट
प्राप्त गर्नेछन् ।
![]() |
| निरु श्रेष्ठ |
प्रतिकृया दिनुहोस्
