यस्तो छ सिए सुरेश देवकोटाको चुनावी एजेन्डा
आईक्यानको आशन्न निर्वाचनमा उमेद्वारी दिएका सिए सुरेश देवकोटाले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका छन्। आज सामाजिक संजाल मार्फत सिए देवकोटाले आफ्नो एजेण्डाहरु प्रस्तुत गरेका हुन्। उनका एजेन्डाहरुमा एक व्यक्ति एक पेसा पूर्ण रुपमा कार्वोनयन गराउने देखि आईक्यानको प्रमाण पत्रलाई विश्वका विभिन्न देशहरुमा स्वीकार योग्य बनाउने सम्मका योजनाहरु छन्।
आईक्यानमा आफुले सक्दो योगदान दिईरहेको बताउंदै सिए देवकोटाले आफ्नो एजेन्डामा आईक्यानको पाठ्यक्रम सुधारदेखि सिए हरुका लागि अवसरको सिर्जना गर्ने सम्मका योजनाहरु पनि समाबेश गरेका छन्। सिए देवकोटा लामो समय देखि अध्यापन क्षेत्रमा समेत आबद्ध छन् भने केहि समय अघि आईक्यानमा उठेको मुद्धा, एक व्यक्ति एक पेसा सोहि समयमा नै कार्वानयन हुनुपर्ने भन्ने बिषयलाई लिएर नोट अफ डिसेन्ट लेख्ने २ सिए मध्येका एक हुन्।
एक व्यक्ति एक पेसा २०८० सालसम्म सर्ने हल्ला सिए बजारमा चलिरहेका बेला सिए देवोकोटा भने यस्तो एजेन्डा बाहिर आएको छ। सिए देवकोटाले आफ्नो एजेन्डामा आईक्यानको संरचनामा आबश्यक परिमार्जन गरी आईक्यानलाई दरिलो नियमनकारी निकायका रुपमा प्रसुत गराउने योजना समेत समावेश गरिएको छ। चुनावमा उमेद्वारी दिएका सिएहरुमध्ये सार्वजनिक रुपमा आफ्ना एजेन्डाहरु प्रस्तुत गर्ने उनी पहिलो सिए हुन्।
प्रतिकृया दिनुहोस्
