सिए बिधार्थी ले गरिन अनिल अंबानिको IT अकाउन्ट ह्याक
सिए बिधार्थी ले गरिन अनिल अंबानिको IT अकाउन्ट ह्याक
ICAI अन्तर्गत सिए अध्ययन गरिरहेकी 21 बर्सिय एक महिला बिधार्थी ले बिश्व चर्चित ब्यबसायी अनिल अंबानी को IT अकाउन्ट ह्याक गरेकी छिन् ।अरबपतीहरुको कर विवरण हेर्न मन लागेकाले आफुले उनको IT अकाउन्ट ह्याक गरेको उनले प्रहरिको बयानमा बताएकी छिन् ।
सिए निलेश दोशी ले हेरिरहएको अंबानी को IT अकाउन्ट को पासवर्ड एकाएक परिवर्तन भएको थाहा भयेपछी अनुसन्धान गर्दै जादा यो तथ्य बाहिर आएको हो । यो घटना बारे अनुसन्धान गर्न भारतीय प्रहरिलाई कारीब 25 दिन लागेको थियो । अकाउन्ट ह्याक भएपछी अंबानीको IT अकाउन्ट बाट सुचना बाहिरिएको हुन सक्ने भन्दै अंबानी को कम्पनी ले ति महिला बिधार्थी मुद्दा हालेको बताएको छ । साईबर क्राइम अन्तर्गत मुद्दा दायर गरी आबस्यक कारबाही अगाडि बढाउने भारतीय प्रहरिले बताएको छ। अंबानी को अकाउन्ट ह्याक भएको यो पहिलो घटना भने होइन।Source: www.casansaar.com
प्रतिकृया दिनुहोस्
