बरिष्ट चार्टड एकाउन्टेन्ट जीपी राजबहाकको निधन !



  • सिए सरोकार सम्बाददाता
बरिष्ट चार्टड एकाउन्टेन्ट जीपी राजबहाकको निधन भएको छ । केहि समय यता अस्पतालमा उपचाररत राजवहाकको बुधबार विहान निधन भएको हो ।

पारिवारिक स्रोतले उनको निधनको पुष्टी गरेको छ ।

उनी केहि समय यता अस्पतालमै उपचाररत थिए । कोरोना संक्रमण भएपनि उनलाई कोरोनाभने निको भइसकेको थियो ।

राजवहाक नेपाली लेखा व्यवसायमा अतुलनीय योगदान दिएका सिए हुन् ।