सिए कन्फेरेन्सको सपूर्ण तयारी पूरा, प्रवेश नि:शुल्क तर दर्ता अनिवार्य

एनकासाले आयोजना गर्न लागेको पहिलो रास्ट्रिय सिए विधार्थी कन्फेरेन्सको सम्पूर्ण तयारी पूरा भएको छ।  सिए सरोकारसंग कुरा कानी गर्दै एनकासा अध्यक्ष  अनिल आचार्यले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ।  कार्यक्रममा प्रवेश नि:शुल्क भएपनि दर्ता भने अनिबार्य रुपमा गर्नुपर्ने  एनाकासा अध्यक्ष अनिल आचार्यले  जानकारी दिनु भयो।  कार्यक्रममा सहभागी हुन सिए सरोकार डट कमबाट दर्ता गर्न सकिने छ।  आफ्नो नाम दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।