एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा अडानको पनि असन्तुस्टि

एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे पछी रजिस्टर्ड अडिटरहरुको छाता सङ्गठन अडानले पनि असन्तुस्टि जनाएको छ । अडानले प्रेस बिग्यप्ती जारी गर्दै देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने  एक मात्र निकाय आइक्यान भएको भन्दै घटना प्रती  दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा अडानले असन्तुस्टी ब्यक्त गरेको छ ।